शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मध्यपश्चिम विश्वविद्यालयमा झडप हुँदा केही विद्यार्थी घाइते
मध्यपश्चिम विश्वविद्यालयमा झडप हुँदा केही विद्यार्थी घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
jhapad
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । सो क्रममा झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी अराजक समूहले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताउनुभयो । उहाँका अनुसार अन्तक्र्रिया भइरहेका बेलामा ढुंगामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो पनि प्रहार गरिएको छ । विद्यार्थीहरुको आक्रमणबाट आफू चढ्ने गाडीको सिसा फुटेको उपकुलपति सिंहले बताउनुभएको छ । विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको बेला केही व्यक्तिहरुले आक्रमण गरेको र प्रहरीले स्कर्टिङ गरेर आफूलाई सुरक्षित रुपमा निवासमा ल्याइदिएको उपकुलपति सिंह बताउनुभयो । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् । त्यस्तै विद्यार्थी संगठनहरुले आन्दोलनमा दमन गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन् । झडपको क्रममा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका छन् । विश्वविद्यालयमा चार विद्यार्थी संगठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थीहरु रिले अनशनमा छन् । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १२:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP