शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु, एक घाइते
ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु, एक घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
काठमाडौँ । ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु भएको छ। सिद्धचरण नगरपालिका वडा नम्बर ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो। उनीसँग झगडा गर्ने सोही स्थान वर्णालुका ६३ वर्षीय आङ्गुबु शेर्पा गम्भीर घाइते छन्। प्रहरी निरीक्षक पोखरेलका अनुसार उनीहरू दुई जनाबीच गएराति बाटोमै कुटाकुट भएको हो। दुबै जनाले ढुंगाले हानेर एकअर्कासँग झगडा गरेको उहाँले बताउनुभयो। 'दुबै जनाको टाउको, हात खुट्टामा चोट लागेको छ। एकअर्कालाई ढुंगाले हिर्काएर झगडा गरेका थिए,' प्रहरी निरीक्षक पोखरेलले भन्नुभयो। झगडापछि गम्भीर घाइते बनेका दुबै जनालाई राति नै सामुदायिक मिसन अस्पताल ओखलढुंगा पुर्‍याइएको थियो। त्यहाँ पासाङको उपचारको क्रममा मृत्यु भएको थियो।आङ्गुबु शेर्पा पनि अहिले सोही अस्पतालमा उपचाररत छन्। 'उनी अहिले गम्भीर घाइते छन्। बोल्न सक्ने अवस्थामा छैनन्। रिफर गरेर अन्त लग्ने कुरा भइरहेको छ,'उहाँले भन्नुभयो। उहाँका अनुसार उनीहरू दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए। एकै गाउँका उनीहरूबीच किन झगडा भयो भन्ने कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताइएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १२:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP