शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या, १८ वर्षदेखि फरार बाबु पक्राउ
गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या, १८ वर्षदेखि फरार बाबु पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०७८
hattyara
काठमाडौँ । नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका-१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्। उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताउनुभयो। २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो। २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो। उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो। नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो। जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए। तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो। आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो। त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्‍याएको थियो। यस्तै, तनहुँ प्रहरीले चेक अनादर मुद्दामा १ महिना कैद र ११ लाख २० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएका अर्का फरार व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-२ का ४९ वर्षीय रामचन्द्र पौडेल रहेका छन्। चार वर्षदेखि फरार उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १०:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP