शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • स्थानीय एक युवाको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार
स्थानीय एक युवाको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०७८
जनकपुरधाम । स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन्। उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। २०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो। झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो। सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए। उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो। मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको कार्यालयले जनाएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ११:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP