शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०७८
45
काठमाडौँ । । काठमाडौँमा ठगीको धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक नाम राखेर ठगी गर्दै आइरहेका केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । यस अघि समेत उनले किशोर भट्ट, कुशल भट्ट नाम बताउँदै ठगी गर्दै आइरहेका थिए । उनले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हो भनि विस्वास दिलाउँदै विभिन्न कामको लाभ देखाइ ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरी यस अघि समेत साइबर क्राइम र ठगीकै आरोपमा पक्राउ गरि मुद्धा समेत चलाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । २०७५ साल चैत २६ गते पक्राउ परेका २६ वर्षिय भट्ट १ वर्ष कैद र ३० हजार जरिवाना सजाय भुक्तान गरेका थिए । डोटी केआईसिंह गाउँपालिका ६ घर भएका उनलाइ काठमाण्डौँको कलंकीबाट पक्राउ गरिएको हो । उनको साथबाट आइफोन एक थान, केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम एकथान, किशोर भट्ट नामको त्रिचन्द्र कलेजको विद्यार्थी परिचयपत्र र सोहि नाम रहेको नेपाल प्रहरी अस्पतालको रक्त समूह कार्ड एक थान बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । dhorpatannewsबाट
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १२:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP