शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ८५ तोला चाँदीसहित एकजना पक्राउ
८५ तोला चाँदीसहित एकजना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०७८
बाँके । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ठूलो परिणाममा चाँदीसहित बुधबार साँझ एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। भारतबाट कर छली गरेर ल्याउँदै गरेको ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा नेपालगन्ज–१५ जमुनाहबाट चाँदीसहित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएपी) मधुसुदन न्यौपानेले जानकारी दिनुभयो। सीमा नाकामा खटिएका प्रहरी नायक निरीक्षक (सइ) पूर्णबहादुर खत्री नेतृत्वको प्रहरीले चाँदी बरामद र भन्सार छली गर्ने तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता न्यौपानेका अनुसार पक्राउ गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ। ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ जमुनाह नाकाका सइ खत्रीले भन्नुभयो, ‘कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो।’ साथै बुधबार साँझ नै भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको छ । nagariknews.nagariknetwork बाट
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १३:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP