शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २९, २०७८
बुटवल । बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले उनलाई बिहीबार दिउँसो गाउँपालिका कै कार्यालयबाट पक्राउ गरेको हो। सम्मरीमाइकै एक जना महिलाले शुक्ला विरुद्ध बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी छिन्। साउन २४ गते शुक्लाले ती महिलामाथि बलात्कारको प्रयास गरेको बताइएको छ। ती महिलालाई परेको समस्या समाधान गरीदिने भन्दै आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेको आरोप शुक्लामाथि लागेको छ। स्थानीयका अनुसार शुक्लाले आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै ती महिला शुक्लाकै घरबाट रुदैँ भागेकी थिइन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जबरजस्ती करणी उद्योगको आरोपमा अनुसन्धानका लागि शुक्लालाई पक्राउ गरीएको बताउनुभयो। घटनाको अनुसन्धान भइरहेको एसपि केसीले बताउनुभयो । शुक्ला हाल सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष हुन्। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १०:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP