शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु
पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ३१, २०७८
pakisthan
एजेन्सी । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको बताइएको थियो । पछि कराँची प्रहरीले आतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा प्रयोग गरिने केही अन्य सामान पनि भेटिएको छ । प्रहरीका अनुसार बिस्फोट स्थानीय स्तरमा बनाइएको बममार्फत् गरिएको थियो र ट्रकमा छर्रा र नट बोल्टका थुप्रै निशान पनि पाइएका छन् । घटनास्थलको भ्रमण गरेपछि उनले भने, ‘यो एक आतंकवादी हमला थियो र गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रेनेड फ्याँकिएको थियो ।’ यसअघि डेप्युटी इन्स्पेक्टर जनरलले सुरुवाती जानकारीका अनुसार जतिबेला बिस्फोट भयो त्यतिबेला ट्रकमा २० देखि २५ जना सवार थिए । स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीमा यो परिवार एक विवाह समारोहमा समावेश भएपछि फर्किरहेका थिए । ratopati
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १२:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP