शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ३१, २०७८
padassan
काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो। त्रियुगा ६ कै मोहनपुरकी चौधरीको शव फेला परेको दुईसाता बित्न लाग्दासम्म हत्यारा पत्ता नलगाएको भन्दै प्रहरी प्रशासनप्रति स्थानीय असन्तुष्ट देखिएका छन्। घट्नाबारे छिटो अनुसन्धान गरी हत्यारा पत्ता लगाएर हदैसम्मको कारबाही गर्न माग गर्दै केहीदिनयता राजनीतिक दलनिकट जनवर्गीय संगठनहरु, स्थानीय नागरिक समाज, विद्यार्थी, युवा, अधिकारकर्मी संघसंस्थाले प्रहरी प्रशासनको ध्यान खिच्दै प्रदर्शन गर्न थालेका छन्। यसै क्रममा अघिल्लो साँझ मृतकको आत्माको चीर शान्तिको कामना गर्दै गाईघाटमा दिपावली गरिएको छ भने विद्यार्थी, युवाहरुले प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै त्रियुगा ६ जलजलेस्थित डाईनामिक युथ गाईघाटले शनिबार जिल्ला प्रहरीमा ध्यानकर्षणपत्र बुझाएको छ। घट्ना भएको दुईसाता बित्न लाग्दासम्म हत्यारा पत्ता नलागेको भन्दै युवा महिला पुनम राई नेतृत्वको युथ टोली र्‍यालीसहित जिल्ला प्रहरी कार्यालय पुगेर ध्यानकर्षणपत्र बुझाएको हो। टोलीले प्रहरी नायब निरीक्षक (सई) गंगाराम राईलाई ध्यानाकर्षयापत्र बुझाएर फर्केको संयोजक राईले बताईन्। ध्यानाकर्षणपत्र बुझेका सई राईले तत्काल प्रहरी प्रमुखलाई बुझाएर कारबाही प्रक्रिया अघि बढाउने टोलीलाई आश्वासन दिएका थिए। त्यसैगरी शनिबारै गाईघाट बजारमा युवा विद्यार्थी र बालबालिकाको टोलीले छिटो अपराधी पत्ता लगाई कारबाही गर्न माग गर्दै बजारमा मौन र्‍याली निकालेका छन्। कृशलाका हत्यारालाई कारबाही गर, हत्यारा छिटो पत्ता लगाऊ जस्ता नारा खेलिएका व्यानरसहित निस्केको मौन र्‍यालीले बजारका बिभिन्न चोकको परिक्रमा गरेको थियो। यसअघि नै जिल्लाका नेपाली कांगे्रस, नेकपा एमाले (नेपाल पक्ष), नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टी निकट महिला संघहरुले विज्ञप्ती प्रकाशित गरी घट्नाबारे सत्यतथ्य छानविन गरी दोषी पत्ता लगाएर कानुनी कारबाहीको माग गरेका थिए। त्यस्तै जिल्लाका अन्य डेढदर्जन बढी मानवअधिकारबादी संघसंस्थाले पनि दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराईसकेका छन्। चौदण्डीगढी नगरपालिकाका सबै राजनीतिकदल निकट महिला संघसंस्थाले पनि यसअघि नै जिल्ला प्रशासन कार्यालयमा एकघण्टा धर्ना दिईसकेका छन्। प्रहरीले घट्नाबारे बाक्लो अनुसन्धान भईरहेको र अपराधीको नजिक पुग्न लागेको बताएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले घट्नाबारे गहिरो अनुसन्धान भईरहेको र अपराधी पत्ता लगाउने अन्तिम अबस्थामा पुगेको बताउनुभयो। मृतकको पहिचान गर्नै नसकिने अवस्थामा सडिसकेको शव भेटिएकाले दोषी पत्ता लगाउन कठिन भईरहेको उहाँले बताउनुभयो। घट्नामा संलग् नभएको आशंकामा बिभिन्न ५ जनामाथि सोधपुछ भईरहको तर, अपराधी यकिन गर्न बाँकी रहेको एसपी बोहराले बताउनुभयो। सकेसम्म छिटो अपराधी पत्ता लगाएर कानुनी कारबाही गर्ने प्रहरी लक्ष्य रहेको तर, छिटो गर्न खोज्दा निर्दोष नागरिक पर्नसक्ने भएकाले वैज्ञानिक अनुसन्धानमा जोड दिइएको उहाँले बताउनुभयो। पीडितपक्ष र स्थानीयले कृशलाको सामुहिक बलात्कार गरी हत्या गरेको आरोप लगाईरहँदा हत्या कसरी भयो भन्ने कुरा अनुसन्धानकै विषय भएको प्रहरी ठहर छ। साउन १३ गते घरबाट हिडेकी कृशलाको शव जंगलमा घाँस दाउरा गर्न गएका स्थनीयले १९ गते मात्र सडिसकेको अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए। कुहेर दुर्गन्धित भएको बेवारिसे लास प्रहरीले उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाएको भोलिपष्ल्ट मात्र पहिचान भएको थियो। अंगहरु गलिसकेको, अनुहार चिन्नै नसक्ने गरी कालो भएको, अगाडिका दुई दाँत झरेको तथा शरीर क्षतविक्षत भएको शवको बाँया हातको डिजिटल घडी, घाँटीको बुटी, खुट्टाको डोरी र लुगाको टुक्राको सहायताले बाबु प्रेमकुमारले छोरीको शव भएको यकिन गरेका थिए। अनुहार पुरै कालो भएकाले तेजाव छर्केर सामुहिक बलात्कार गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुने आधार नभएको प्रहरी भनाई छ। घट्नाको प्रकृतिले उनीमाथि सामुहिक बलात्कार भएर हत्या गरेको अनुमान गरिए पनि उनको आचरणले भने त्यसलाई पुष्टि नहुने स्थानीय बताउँछन्। छिमेकीहरुका अनुसार चन्चले स्वभावकी कृशला बाउआमाले भनेको नटेर्ने, मनमौजी घुम्ने, घरबाट निस्केर ५–६ दिनसम्म सम्पर्कविहीन हुदै घर फर्केने गर्थिन्। घर फर्कदा नयाँ मोवाईल, नयाँ लुगा र सामानसमेत लिएर आउने गरेको उनलाई चिन्नेहरुको भनाई छ। पटक पटक घरबाट निस्केर फर्कने गरेका कारण पछिल्लो पटक घरबाट निस्कदा पनि उनको खोजीमा बाबुआमाले चासो नदिएको पाइएको छ। तर, यसपटक साउन १३ गते घरबाट निस्केकी उनी जिवित फर्किनन्। घरबाट निस्केको ७ दिनपछि सडिसकेको अवस्थामा फेला परेको लास आफ्नै छोरीको हो भन्ने कुरा परिवारले सपनामा पनि सोँचेको थिएन। तर, आठौं दिनसम्म छोरी घर नफर्केको र बेवारिसे लास भेटिएको खबरपछि अस्पताल गएर हेर्दा मृतक आफ्नी छोरी भएको पत्ता लागेको प्रेमले बताउनुभयो। प्रेम भन्नुहुन्छ ‘आचरण र बानीबेहोरा जस्तोसुकै भए पनि आखीर छोरी त छोरी हो। त्यसैले छोरी गुमाउनु पर्दा कसलाई पीडा नहोला ? ’ nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १३:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP