शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चोरी भएको एउटा मोटरसाइकल खोज्ने क्रममा पाँच मोटरसाइकल फेला
चोरी भएको एउटा मोटरसाइकल खोज्ने क्रममा पाँच मोटरसाइकल फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ३२, २०७८
motor
सप्तरी । सप्तरीमा चोरी भएको एउटा मोटरसाइकल खोज्न शुरु गरेको प्रहरीले थप चारवटा चोरीका मोटरसाइकल फेला पारेको छ । गत साउन २९ गते सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट प्रदेश १०५–००४ प ०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरिएको मोटरसाइकलको खोजी गर्ने क्रममा हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहस्थित भलुवा नजिकबाट आइतबार यो मोटरसाइकल फेला परेको छ । मोटरसाइकल चलाउने उदयपुरको बेलका नगरपालिका–१० बस्ने २२ वर्षीय रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ एवं अनुसन्धान गर्दा चोरी भएका ५ मोटरसाइकल फेला पार्दै उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ पर्नेमा श्रेष्ठसहित सुनसरीको कोशी गाउँपालिका–८ का २३ वर्षीय मोहम्मद मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय मोहम्मद अकबर र सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री छन् । उनीहरुको साथबाट प्रदेश १–०५–००४ प ०४८४ नम्बरको पल्सर, प्रदेश १–०२–०४१ प ३४१८ नम्बरको बुलेट, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर, प्रदेश २–०३–०१३ प २०५७ नम्बरको आपाची र स.७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । फेला परेका मोटरसाइकल विभिन्न मितिमा उनीहरुले चोरी गरेको पाइएको प्रहरीको भनाइ छ । फेला परेका चोरीका मोटरसाइकलसहित पक्राउ परेका चारैजना विरुद्ध जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान कार्य भइरहेको काफ्लेले बताउनुभयो। अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १२:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP