शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु
काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ६, २०७८
ahd
काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । तर, यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउन पनि बाइडेनलाई दबाब दिइरहेका छन् । बेलायती रक्षामन्त्री वालेसले सबै विदेशी नागरिकलाई यसै महिनाको अन्त्यमा निकाल्न संभव नहुने प्रक्रिया दिएका छन् । उनले कुनै पनि देशले यस्तो गर्न नसक्ने बताए । अमेरिकाले सैनिक बर्हिगमनको समयसीमा थपेमा बेलायतले साथ दिने उनले बताए । युरोपेली युनियनका विभाग नीति प्रमुख जोसेफ बोर्रेलले ६० हजार जनतालाई महिनाको अन्त्यसम्म निकाल्नु गणितीय रुपमा असम्भव रहेको बताए । उनले अहिलेसम्म ईयुले जागिर दिएका १ सय ५० देखि ५ सय अफगानीहरुलाई मात्रै निकाल्न सकिएको र यो संख्या अपर्याप्त रहेको बताए । ‘प्लेनहरु उडिरहेका छन् र मानिसहरु पीडामा छन्,’ उनले भने । एएफपीसँग कुराकानी गर्दै उनले युरोपेली देशका नागरिकलाई सहयोग गर्ने अफगानीहरु समेत विमानस्थल छिर्न नपाएको गुनासो अमेरिकी सेनासँग गरे । अमेरिकीहरुले काबुल विमानस्थलमा सुरक्षा दिइरहेको र त्यसक्रममा उनीहरुले युरोपका लागि सहयोग गर्ने अफगानीको प्रवेशमा पनि अवरोध गरेको उनको आरोप छ । अमेरिका तथा युरोपेली देशहरुले आफ्ना नागरिक, आफुलाई सहयोग गर्ने अफगानी र जोखिममा रहेका अफगानीहरुलाई उद्धार गर्ने जनाएका छन् । अमेरिकाले यस्ता सहयोगीहरुलाई शरण दिनका लागि आफ्नो देशमा विशेष भिसा कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । तालिवानले काबुल कब्जा गरेयता, अमेरिका तथा युरोपेली देशका सेनाको सहयोगमा काम गरेका अफगानीहरु निकै त्रस्त छन् । रातोपाटी/एजेन्सी
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १४:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP