शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अपहरणमा परेका दुई युवा प्रहरीद्वारा सकुशल उद्दार
अपहरणमा परेका दुई युवा प्रहरीद्वारा सकुशल उद्दार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ६, २०७८
uddar
मकवानपुर । अपहरणमा परेका मकवानपुरका २ जना युवकलाई प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको छ । विभिन्न प्रलोभनमा परी अपहरणमा परेका हेटौंडा उपमहानगरपालिकाका २ जना युवकहरूलाई भारतको मोतिहारीबाट सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र बर्ष २२ को पवन रानामगरलाई अपहरणबाट मुक्त गरी सकुशल परिवारमा जिम्मा लगाइएको हो । गत भदौ ३ गते राति करिव ९ः३० बजेको समयमा हेटौंडा–१० बसपार्क क्षेत्रबाट उनीहरु अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए । अपहणकारीले उनीहरुको आफन्तसँग फोन मार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ । फिरौती माग गरेको जानकारीसहित भदौ ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अपहरणमा परेका युवकको आफन्तहरुले निवेदन दिए लगत्तै प्रहरीले घटनाबारे जाँचबुझ सरु गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई अपहणकारीले अपहरणपछि सोही रात भारतको मोतिहारी पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोतिहारीमा अपहणकारीले उनीहरुलाई बन्धक बनाएको र फिरौती माग गर्न अपहरणमा परेका उनीहरुका आफन्तलाई फोन गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताउनुभयो । त्यसलगत्तै नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर अपहरणमा परेका दुवै जना युवकहरूको सकुशल उद्दार गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताउनुभयो । उक्त अपहरणको घटनाबारे थप अनुसन्धान भइरहेको रिमालले बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP