शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग
रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ८, २०७८
sp bikram
रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए । प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले दुई व्यक्तिको सहयोगमा लागु औषध मोटर साइकलमा राखेको सिसिटिभीको फुटेज पनि बाहिरिइ सकेको छ । पत्रकार मोजुबुल्लाहलाई फँसाउन नेपाल पत्रकार महासंघ रौतहटका एक अधिकारी अर्थात नेपालमा रहेर भारतीय सञ्चार माध्यमको शाखा सञ्चालन गर्ने सञ्जय साहनीको समेत मिलेमतो रहेको भेटिएको छ । एसपी शाह र पत्रकार साहनीबीचको टेलिफोन संवाद नै बाहिरिएको हो । साउनको अन्तिम साता बिदा जानुअघि उपरीक्षक शाहले नै योजना बनाइ आफु बिदा गएपछि सो कामका लागि असई यादवलाई खटाएको आरोप लागेको छ । योजनाबद्ध रुपमा पत्रकार मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यस घटनाको मुख्य योजनाकार संजय सहनी भएको बताएको छ । सहनीकै निर्देशनमा धिरज यादव र जितेश यादवले प्रहरीसँग मिलेर लागुऔषध सहित निर्दोषलाई फँसाएको प्रहरीको दाबी छ । एसपी साहले पत्रकार सम्मेलन मार्फत नै दोषी भनिएका सहनीको मोबाइलमा घटनाको एक दिनपछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका छन । एसपी शाहले पत्रकार साहनीलाई सम्पर्क गरेर शुरुमा ‘कहाँ हो ? ’ भनेर सोध्छन् । जवाफमा पत्रकार साहनीले गौरमै रहेको बताउँछन् । र एसपी शाहले एक्लै हो की भनेर शुरुमा सोध्छन्त्य सपछि शाहले “हिजो काम भएछ नी त है ।’ भन्दै लागुऔषध राखेको घटनाबारे सोध्छन् । ‘अब अहिले जसको पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी,’ उनले भनेका छन् ।जवाफमा साहनीले भनेका छन, ‘भैहाल्छ नि सर, भैहाल्छ । जो पनि आफ्नो औकतमा रहनु पर्छ । हजुरका दुतहरु राम्रा थिए ।’ नागरिक खबरबाट
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १०:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP