धनगढी । जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ। डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो।
प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्। जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुवारीमा फालीन्। उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बोधराज ओझाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो। setopati
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १२:०६