शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा
बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ ९, २०७८
baramad
काठमाडौं । काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ । मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताउनुभयो । मोरङको विराटनगर घर भएका प्रभात देवले सञ्चालन गरेको सो कारखानामा म्याद गुज्रिएका बिस्कुटहरू डाईजेस्टिभ, क्रन्ची, कोकोनट कुकिज, बटर कुकिज, पास्ता, सेवाई र कर्नफ्लेक्समा पुरानो मिति मेटेर मेशिनबाट नयाँ मिति राख्ने गरेको भेटिएको छ । दुई ओटा गोदाममा राखिएको करिब १ करोड मूल्य बराबरको सामान सहित गोदाम सिल गरिएको छ । कारखानामा सुपरभाइजर पदमा कार्यरत चन्द्रागिरि नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको एसएसपी खापुङ्गले जानकारी दिनुभयो । काठमाडौँको नयाँ बानेश्वर बस्दै आएका कम्पनी सञ्चालक प्रभात देव फरार भएका छन् । प्रहरी र वाणिज्यको टोलीले म्याद नाघेका सामग्री रिलेबलिङ गर्ने मेशिन र लेभल मेट्न प्रयोग हुने केमिकल बरामद गरेको छ । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP