शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • तीन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे : उड्डयन प्राधिकरण
तीन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे : उड्डयन प्राधिकरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १७, २०७८
uddan
काठमाडौँ । कोभिड–१९ को उच्च संक्रमणका बेला गत वर्ष सरकारद्धारा लागू गरिएको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको जन गुनासाका बीच नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा परेको अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा लिएको पाइएको हो । यस्तो बदमासी गर्नेमा एक नेपाली हवाई कम्पनी ‘हिमालयन एयरलाइन्स’ सहित दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय हवाई कम्पनी ‘कतार एयरवेज र टर्किस एयरलाइन्स रहेको प्राधिकरणले जनाएको छ । कुल २५ वटा मुद्दाहरूमध्ये, अधिकतम १६ वटा मुद्दा कतार एयरवेज विरुद्ध परेकोमा ९ वटा टिकटमा एयरवेजले तोकिएको भन्दा बढी भाडा लिइएको र बाँकी ९ वटा मुद्दामा हिमालय एयरलाइन्स र टर्किस एयरलायन्सले समान २÷२ वटा टिकटमा बढी भाडा असुल गरेको पाइएको प्राधिकरणले जनाएको छ । कोभिड–१९ को महामारीको समयमा चार्टर लगायत अन्य अन्तर्राष्ट्रिय उडानमा महँगो भाडा लिएको सम्बन्धमा प्राधिकरणमा परेको कुल २५ वटा मुद्दा उपर छानविन गर्न गत असार ७ गते प्राधिकरणले एक छानविन समिति गठन गरेको थियो । सोही समितिले अध्याय पश्चात निर्माण गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । उक्त प्रतिवेदन प्राधिकरणको तर्फबाट बुधबार महानिर्देशक राजन पोखरेलले तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई बुझाएका छन् । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १२:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP