शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा
मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २५, २०७८
aalif
काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये ३ वटा मुद्दा महत्त्वपूर्ण रहेका थिए । शुक्रबारका लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी तोकिए पनि एउटा हेर्न नमिल्नेमा राखिएको छ भने एउटा स्थगित भएको छ । विस्फोटक पर्दाथ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसम्बन्धी मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिए पनि आज हेर्न नमिल्नेमा राखिएको छ । २०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई व्यक्ति हत्यामा स‌ंलग्न भएको मुद्दामा रौतहत जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी सरेको सर्‍यै छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको निर्णय खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सुनुवाइका लागि शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी तोकिए पनि स्थगित भएको हो । कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।यसअघि उक्त मुद्दाको सुनुवाइका लागि भदौ २ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिए पनि बेन्च बस्न सकेको थिएन । त्यसपछि भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले भदौ ८ गते नियुक्तिसम्बन्धी मिसिल कागज झिकाउने आदेश गरेको थियो । त्यस्तै भदौ २० गते प्रधानन्यायाधीश जबराकै इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।त्यस्तै नेकपा एमालेका सांसद पाण्डेले ‘नेकपा एकीकृत समाजवादीमा जान पाउँ’ भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । ekantipurबाट  
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP