शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको गरेको आरोपमा एक पक्राउ
लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको गरेको आरोपमा एक पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २५, २०७८
सुनसरी । लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर४ घर भई धरान–५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछानेसमेत लेखेको रवरको छाप १ थानसमेत फेला पारेको छ । त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रवरको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थानलगायत सम्बन्धित विभिन्न कागजातहरु बरामद गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार लामिछानेले धरानलगायत विभिन्न स्थानमा व्यक्तिलाई आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भन्दै रकम असुल्दै आएका थिए । सर्वसाधारणबाट मोटो रकम लिएर लोकसेवा आयोगको परीक्षा प्रवेश पत्रसमेत वितरण गर्ने गरेको प्रहरीको दाबी छ । लामिछानेविरुद्ध २३ भदौमा किटानी जाहेरी परेको थियो । सोही किटानीको आधारमा उनलाई पक्राउ गरेको हो ।ठगी गर्ने लामिछानेलाई सरकारी छाप दस्तखत कीर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । नागरिक खबरबाट
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १३:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP