शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट
विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २५, २०७८
taliwan journalist
काठमाडौँ । विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले कुटपिट गरेका हुन् । उनीहरूले बुधबार काबुलमा भएको महिलाहरूको विरोध प्रदर्शनको रिपोर्टिङ गरेका थिए । उनीहरूलाई तालिबानले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेका थिए । चौकीमै उनीहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको थियो । केही घण्टापछि कुनै जानकारीबिना उनीहरूलाई छाडिएको थियो । दरयाबीले बीबीसी संवाददाता सिकन्दर किरमानीसँगको कुराकानीमा आफूलाई कोठामा लगेर हात बाँधेर कुटिएको जानकारी दिएका छन् । उनले भने, ‘मलाई अर्को कोठामा लगेर पछाडि हात बाँधेर कुटे । मैले प्रतिवाद गरिनँ किनभने त्यसो गरेको भए उनीहरूले मलाई अझ कुट्थे ।’ तालिबानको आठ जनाको समूहले उनीहरूलाई कुटपिट गरेको थियो । त्यस्तै नेमतुल्लाह नकदीले विरोध प्रदर्शनकारीको तस्बिर खिचिरहेका बेला तालिबान लडाकुले आफ्नो क्यामेरा खोसेको बताएका छन् । उनीहरूले आफ्नो टाउको खुट्टाले कुल्चिएको पनि उनले बताए । अन्तर्राष्ट्रिय गैरसकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई नियन्त्रणमा लिएर छाडेको छ । ekantipurबाट
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १५:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP