शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा
भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १, २०७८
Untitled-
चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै मंगलबार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ । आयोगको हेटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैयाँ गरी २ लाख ३ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।सो वडा अन्तर्गत सडक स्तरोन्नतिका क्रममा अनियमितता गरी गुणस्तरहीन काम भएको भन्दै उजुरी परेपछि सडक जनकप्रसाद नेपाल नेतृत्वमा आयोगको टोलीले आवश्यक अनुसन्धान थालेको हो । नेपाली काँग्रेसको आसन्न अधिवेशनमा महानगर सभापति पदमा उम्मेदवारीको तयारीमा रहेका वडाध्यक्ष अधिकारीले जनप्रतिनिधिका रुपमा गरेका काममा कैफियत देखिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।यस सम्बन्धमा वडा अध्यक्ष अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले वडा नं २५, वडा नं ८ मा पनि यस प्रकारका अनियमितता भएको भन्दै परेका उजुरीमाथि पनि छानबिन गरिरहेको स्रोत बताउँछ । रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP