शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज ६, २०७८
hattyya
गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। ‘लगातार घाँटी थिचेका कारण आइतबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई पक्राउ गर्‍यौं’ उहाँले भन्नुभयो । मंगलबार पक्राउ परेकी माइलीविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।धार्चे गाउँपालिका–२ केरौजाका आइतबहादुरको परिवार २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि गोरखा नगरपालिका–७ पौवाखेतमा बसोबास गर्दै आएका थिए । उनीहरुको दुई छोरामध्ये कान्छो छोरा र बुहारी उनीहरुसँगै बस्छन् ।श्रीमानले रक्सी खाएर गाली गरेकाले घाँटी थिचेको माइलीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घटनाको भोलिपल्ट बिहान माइली आफूले काम गर्ने गोरखा बसपार्कस्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाएपछि उनी घर फर्किएकी थिइन् । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १४:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP