शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि पौडेल पक्ष विरोधमा
मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि पौडेल पक्ष विरोधमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज ७, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने भएका छन्। सर्लाही कांग्रेसका नेतारकार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहेका छन्। क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय सानेपामै सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि पार्टीकै नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेपछि विरोध भइरहेको छ। मन्त्री सिंह र वडाध्यक्ष महतोबीच विवादको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।उक्त घटनाको विरोध र क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न पौडेल पक्षले माग गरिरहेको छ। सर्लाही क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद छ। कांग्रेस केन्द्रीय सदस्य अमरेशकुमार सिंहले वरिष्ठ नेता पौडेलसहित नेताहरू आज सानेपा पुग्ने बताए। पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायत पार्टी कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने पनि उनले बताए। सर्लाहीमा विधि, विधान विपरीत क्रियाशील सदस्यता दिइएको भन्दै सिंहले सांसद पदबाट राजीनामा पनि दिएका थिए। सभापति शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा दिएका थिए तैपनि क्रियाशील विवाद सुल्झिएको छैन । सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १३:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP