शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उपहार पठाइदिन्छु भन्दै महिलालाई लाखौँ ठग्ने चर्चका पादरी पक्राउ
उपहार पठाइदिन्छु भन्दै महिलालाई लाखौँ ठग्ने चर्चका पादरी पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ८, २०७८
thak
काठमाडौँ । सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार क्षेत्रीले उपहार पठाइदिन्छु भन्दै ५ लाख १० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् । क्षेत्रीले सामाजिक सञ्जालमा ‘नान्सी माइकल’को नामबाट ती महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि कुराकानी गर्ने क्रममा क्षेत्रीले ती महिलालाई आफूले प्रेम पनि गर्ने भन्दै विश्वास दिलाएर विभिन्न उपहारहरु पार्सल गरी पठाएको बताएका थिए । उपरीक्षक कोइरालाका अनुसार महिलालाई विश्वासमा पार्न क्षेत्रीले विभिन्न ट्रयाकिङ नम्बर समेत उपलब्ध गराएका थिए । महिलाको उजुरी पश्चात अनुसन्धान गर्दा भारतीय नागरिक क्षेत्रीले चर्चको कार्यक्रममा भेट हुने महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने बताउँदै उनीहरूलाई खाता खोल्न लगाएर आफूले ठगी गरेको रकम ती खातामा जम्मा गर्न लगाउँथे । पछि ती महिलाहरूमार्फत सो रकम उनले भुक्तानी लिने गरेका थिए ।क्षेत्रीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको कोइरालाले जानकारी दिनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १६:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP