शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विष खुवाई भिरबाट धकेलेर हत्या
विष खुवाई भिरबाट धकेलेर हत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १०, २०७८
hattya
ताप्लेजुङ । शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की छन् । प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका छन् । ‘उनले आफूहरू नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन्,’ राणाले भन्नुभयो । युवतीलाई धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो । ‘मोटरसाइकलमा लगेर निकै नाटक गरेर धकेलेको देखिन्छ,’ राणाले थप्नुभयो, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेर ल्याएको राणाले बताउनुभयो । पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शंका गरेर किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पक्राउ नगरेपछि आपत्ति जनाएका उनीहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने चेतावनी दिएका थिए । उनीहरूले प्रहरीलाई शव पोस्टमार्टम नगर्न भन्दै आफूहरूले नबुझ्ने बताएका थिए । जिल्ला अस्पतालमा राखिएको शवको पोस्टमार्टम हुन सकेको छैन ।कार्की भने शनिबारसमेत ट्याक्टर लिएर सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक गएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँग बस्दै आएकी पुष्पाले बिहीबार बेलुका उनै कार्कीसँग कुराकानी गरेको र राति हराएको परिवारले बताउँदै आएका थिए । ekantipurबाट
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP