शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • अफगानिस्तानमा तालिबानमाथि हमला, चार जनाको मृत्यु
अफगानिस्तानमा तालिबानमाथि हमला, चार जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १७, २०७८
taliban 123
एजेन्सी । अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् । तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छन् । इस्लामिक स्टेटमाथि आशंका यस हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यद्यपी, इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ । यो संगठन अफगानिस्तानमा तालिबानको प्रतिद्वन्द्वी संगठन हो । नंगरहार प्रान्तमा यसको उपस्थिती बलियो छ । आईएसले यसअघि पनि तालिबानविरुद्ध धेरैपटक हमला गरिसकेको छ । १५ अगस्टमा तालिबानले अफगानिस्तानको राजधानी शहर काबुल कब्जा गरेको थियो । त्यसअघि नै उसले बाँकी इलाका आफ्नो कब्जा लिइसकेको थियो । काबुल कब्जा हुनासाथ राष्ट्रपति असरफ घानी देश छाडेर कतार भागेका थिए । अगस्टको समाप्तिमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ आफ्नो नयाँ सरकार गठन गरेको थियो । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १४:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP