शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ
ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १९, २०७८
pakkarau
काठमाडौँ । सिभिल बैंकका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए । ब्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिए । बाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो जाने तयारीमा रहेको पीडित एक बचतकर्ताले जानकारी दिए । त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताउनुभयो । २०५५र५६ ताका तामाङले आफू अध्यक्ष रहेको सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे । त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए । यसबीचमा तामाङले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन् । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए । जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने । त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो । निकट व्यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए । तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन । रकम हिनामिनापछि सीआईबीमा उजुरी दिनेमध्येका एक डिल्लीप्रसाद भट्टराईका अनुसार सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ साँवा र त्यसको ब्याज तामाङले तिर्न बाँकी छ । सहकारीबाट तामाङले मात्रै सिभिल ग्रुपअन्तर्गतका विभिन्न संस्थामा ९० प्रतिशत बढी ऋण लिएको तर बचतकर्ताले पैसा फिर्ता माग्दा नदिएको भट्टराईले बताए । आफूले मात्रै उक्त सहकारीमा ८३ लाख रुपैयाँ जम्मा गरेको उनले बताए । ‘बैंकमा भन्दा सहकारीमा केही बढी ब्याज दिने लोभ देखाइयो, त्यसपछि बैंकमा भएको रकम झिकेर उता जम्मा गर्‍यौं तर अहिले आफ्नै पैसा देऊ भन्दा पनि ठगी भयो,’ उनले भने । आफूहरू बाध्य भएर ठगीको उजुरी लिई प्रहरीमा पुगेको बताए । ब्युरो प्रमुख सिंहले तामाङले सहकारीको नीतिविपरीत बचतकर्ताको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने सिंहले जानकारी दिनुभयो। सीआईबीको प्रारम्भिक सोधपुछमा तामाङले पीडितलाई रकम फिर्ता गर्ने बताएका छन् तर पक्राउ पुर्जी लिएर आरोपितलाई नियन्त्रणमा लिइसकेको भन्दै ठगीमा अनुसन्धान अघि बढेको र कानुनले नै सबै कुराको छिनोफानो गर्ने ब्युरोले जनाएको छ । ekantipurबाट
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP