शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ
३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १९, २०७८
adalat morang
विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ । तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको हो । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो । सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् । यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् । ekantipur बाट
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP