शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ
दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २१, २०७८
काठमाडौँ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो। दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थियो। ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले उपत्यकामा विशेष टोली परिचालन गरेको थियो। त्यसअनुसार उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो। पक्राउ परेकाहरूले अनाधिकृत रूपमा विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएको भन्दा बढी भाडा असुल गरेको उहाँले बताउनुभयो। उनीहरू टिकट काउन्टरमा आवद्ध भई विना परिचयपत्र अनाधिकृत रूपमा टिकट बेचिरहेको आरोप छ। सो आरोपमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ र कैलालीका रमेश कठायत पक्राउ परेका हुन्।त्यसैगरी काठमाण्डौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद रानालाई पक्राउ गरेको हो।उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १५:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP