शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते
वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २६, २०७८
kutai
सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् । वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए । वडा अध्यक्ष यादवले भने आफूले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफैँ लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए । नागरिक खबरबाट
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP