शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने तीन पक्राउ
बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने तीन पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ४, २०७८
pakkrauuu
काठमाडौँ । भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ग्यास चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरू सुनुकुमार र विपिन कुमार छन्। भारतबाट आएका दुइटा एन।एल ०११० १३१ र युपी ७० बिटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले दुइटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिण्डर समेत नियन्त्रणमा लिन सफल भएको बताउनुभयो। ुसिलिण्ड भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छु, उहाँले भन्नुभयो,‘असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण प्रयोगमा ग्यास चोरी हुने गरेको फेला पारेका छौं, एउटा बुलेटबाट ८ देखि १० वटा सिलिण्डर चोरी गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ प्रहरी अनुसार अन्य ग्यास बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएको छ । प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकले कार्कीको पसलमा नियमितरूपमा ग्यास बिक्री गर्ने गरेका थिए । उनीहरूले प्रतिसिलिन्डर १ हजार रुपैयाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपैयाँमा उपभोक्तालाई बिक्री गर्ने गरेको खुलेको छ।उक्त ग्यास बुलेट पोखराको शक्ति ग्यास उद्योग र धादिङको क्याप्सन ग्यास उद्योगमा लैजाँदै थिए। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १२:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP