शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खानेपानीका हाकिममाथि दुर्व्यवहार गरेको अभियोगमा सीके राउतका १३ कार्यकर्ता पक्राउ
खानेपानीका हाकिममाथि दुर्व्यवहार गरेको अभियोगमा सीके राउतका १३ कार्यकर्ता पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ४, २०७८
धनुषा । प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​ ​कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।ratopati
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP