शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक ८, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ । राष्ट्र बैंकले बंगलादेश बैंकलाई ३० हजार, प्रभु बैंकलाई ३५ हजार र हिमालयन बैंकलाई दुईपटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।त्यसैगरी, केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई पनि जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो ।राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ । त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ ।त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिबाना गरेको हो । नागरिक खबरबाट
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP