शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी
मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक १४, २०७८
jaljala-2
जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन। हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो। मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्की आश्रम गएकी थिइन्।केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकुमारीकी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए।सञ्चालक कार्कीले रेखाकुमारीकी दाजु नवीन कार्कीलाई फोन गरेर ‘तपाईंको मानिस हामी राख्न सक्दैनौं, घर लैजानुस्’ भनेका थिए। ‘तपाईंको मान्छेलाई हामीले राख्न सकेनौँ घर लैजानुस् भन्दै सुकदेवले फोन गर्नुभयो,’ कार्कीले भने, ‘घर आउँदा दिदीको शरिरभर कुटपिट गरेको निलडाम र घाउ थियो, संवेदनशील अंगमा पनि चोट छ। बिरामी मेरी दिदीलाई यसरी किन कुटपिट गरियोरु’रेखाकुमारीकी परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले उजुरी लिन मानेन। ‘आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन मानेन,’ रेखाकुमारीकी दाजु नवीनले भने, ‘आश्रमले हामीलाई हरेक कुरामा सहयोग गरेको छ, ऊविरूद्ध उजुरी लिन मिल्दैन भनेर इन्स्पेक्टरसाबले भन्नुभयो, उजुरी दर्ता गरेनन्।’त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले उजुरीमा उल्लेख गरेजस्तो घटना नदेखिएकोले उजुरी नलिएको बताए। ‘मारपिट गरेको भनिएको छ। तर घटनामा खासै त्यस्तो देखिन्न। सबै कुरा जाहेरी र उजुरी दर्तै हुने खालको हुँदैन,’ उनले भने।आश्रमका सञ्चालक सदस्य सुकदेव कार्कीले नै घटनापछि पीडित परिवारलाई फोन गरेर जानकारी गराएको भए पनि उनीसँग यसबारे बुझ्दा आफूलाई केही थाहा नभएको बताए। ‘म बाहिर छु, त्यसबारे मलाई केही थाहा भएन,’ उनले भने। सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १४:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP