शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ
सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक १५, २०७८
pakkrauuu
काठमाडौँ । सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाममा केमिकल प्रयोग गरेर सुन खियाएका थिए । केमिकल प्रयोग गरेर सफा गरेको सुन ‘तत्काल हेर्न हुँदैन, सुक्न दिनुपर्छ’ भनेको र पछि हेर्दा सुनको सिक्रिको तौल घटेपछि कमलाले प्रहरीलाई उजुर गरेकी थिइन् । प्रहरीले आरोपीहरुको साथबाट पिताम्बर, सुन सफा गर्ने सामग्रीहरु, एसिड, मट्टितेल र सुनका टुक्रा बरामद गरेको छ । उनीहरु केही दिनअघि मात्र नेपाल आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी बोहराले बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ११:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP