शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • घरमा बस्न नदिएको झोंकमा साथीसँग मिलेर बुवाको हत्या
घरमा बस्न नदिएको झोंकमा साथीसँग मिलेर बुवाको हत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १७, २०७८
setopati
काठमाडौं । कपिलवस्तुको विजयपुर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा विजयपुर–६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर–९ का २४ वर्षीय मुकेश महरा छन्। मगर थापाका झड्केला छोरा हुन्। आफ्नी आमालाई दुस्ख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ।थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो। प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो। त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए। लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ। ‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भन्नुभयो। थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर–६ मा बस्दै आएका थिए। त्यदिन महरा र मगर दुबैले मादक पदार्थ सेवन गरेका थिए।दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर–५ पोखरीनजिक पुर्‍याएका थिए। कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए।दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताउनुभयो।setopati
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १६:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP