शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २३, २०७८
सुर्खेत । सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले भन्नुभयो, ‘शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । मनिषा आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।’ खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे । मनिषाको शरीरको माथिल्लो भागमा कपडा भएपनि तल्लो भागमा कपडा नभएको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको श्रेष्ठले बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १०:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP