शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला
रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २९, २०७८
aarop
काठमाडौँ । झापामा हत्या गरी सेप्टिक ट्यांकीमा राखेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्या गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको भएको हो। उनी गत कात्तिक ११ गते बिहीबार बिहान ११ बजेदेखि हराइरहेका थिए। उनको हत्या गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय महम्मद सद्दाम, २८ वर्षीया उनकी श्रीमती सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीय कुर्समान खातुनलाई पक्राउ गरेको हो। मृतक र पक्राउ परेका व्यक्तिहरू छिमेकीहरू हुन्। उनीहरू आपसको घर २-३ सय मिटरको दूरीमा छ। आफ्ना श्रीमान हराएको भन्दै श्रीमती नुरजन खातुनले गत कात्तिक १४ गते प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।सुरूमा प्रहरीले उनी हराइरहेको भन्ने खबर पाएपछि त्यस क्षेत्रका विभिन्न ठाउँमा खोजी गर्‍यो। तर प्रहरीले उनको कुनै अत्तोपत्तो पाएन। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार त्यहाँका विभिन्न क्षेत्रमा खोजी गर्दा पनि मबेसिर फेला परेनन्। 'मान्छे सुरूमा हराइरहेको भन्ने निवेदन पर्‍यो। १०-१२ दिन खोज्यौं। आफन्तकोमा छ कि, भारतमै गयो कि भनेर पनि खोज्यौं त्यसरी नभेटिएपछि कहिलेकाहीँ हत्या पनि हुनसक्ने हिसाबले अनुसन्धान अघि बढायौं,' उहाँले भन्नुभयो, 'त्यसपछि हामीले अब त्यहाँका गाउँ जंगल र आसपासका ठाउँमा सर्च गर्नु पर्छ होला भनेर टोली पठायौं।' त्यसको सुरूआत भने प्रहरीले बेपत्ता भएका मबेसिरकै छर-छिमेकका घरबाट गर्ने निर्णय लिए।खोजतलास गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा गत शुक्रबार टोली खटिएको थियो। 'त्यसै आसपासबाटै सुरू गरौं न त भनेर हाम्रो टोलीले खोज्न थालेको थियो,' उहाँले भन्नुभयो।सो टोली दिउँसो करिब साढे २ बजे गौरादह नगरपालिका वडा नम्बर ५ स्थित महम्मद सद्दामको घरमा पुगेको थियो। शंकाको घेरामा राखी खोजी गर्दा प्रहरीले हत्याका प्रमाण फेला पारेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।घरको दक्षिणतर्फको कोठाभित्र गेरु रङले चारैतर्फको भित्री गारो पोतिएको थियो। कोठाका झ्यालका पल्ला तथा ग्रीलमा रगत जस्तो छिटा देखिएको थियो भने कोठाबाहिर शौचालयको सेप्टिक ट्यांकीमा गोबरले लिपपोत गरिएको थियो। 'त्यो घरमा रातो रगतहरू जस्तो देख्यौं। भित्ताको रंग नमिल्ने गरी किन पोतिएको रहेछ भनेर हामीले शंका गरेर अनुसन्धान थाल्यौं,' प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो, 'यो केही त हो भनेर अरू खोज्दै जाँदा सेप्टिक ट्यांकीको ढकनमाथि गोबरका गुइँठाहरू राखिएको थियो।'त्यस्तै, गोबरको गुइँठा बनाइ सेप्टिक ट्यांकीमाथि चाङ लगाएर ढकनी पनि छोपिएको थियो। त्यसपछि प्रहरीले गुइँठाहरू हटाइ सेप्टिक ट्यांकी भित्रका सबै पानी निकालेको थियो। त्यहाँ हेर्दा बेपत्ता भनिएका मबेसिर हुसेन मियाँ मृत फेला परे। उनको शव कम्बलमा पोको पारी भित्र राखिएको अवस्थामा फेला परेको थियो।उनको शव दुर्गन्धित अवस्थामा फेला परेको थियो। यद्यपि टाउकोमा हानेको र घाँटीको चोट प्रष्ट देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो। प्रहरीले शव फेला परेपछि मुचुल्का उठाइ पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको थियो। अहिले शव सदगदको लागि आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको भनिएका धारिलो हतियार दाउ, छुरी र घनलगायत बरामद भएका सामानलाई प्रमाणको रूपमा पेस गर्दैछ। प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच भएको रिसिइबीका कारण मबेसिरको हत्या गरेको हो। यसमा मुख्य अभियुक्त महम्मद सद्दाम र उनकी श्रीमती सुमेरन खातुन देखिएको प्रहरीको भनाइ छ। अरू भने मतियारको रूपमा देखिएको उहाँले बताउनुभयो। 'पक्राउ परेका व्यक्तिहरूले घटना आफूहरूले गरेको भनेर स्वीकारिसकेका छन्। अनुसन्धान बाँकी नै छ,' उहाँले भन्नुभयो,' उनीहरूबीच रिसिइबी भएको भनेका छन्। मृतकले सद्दामकी श्रीमतीलाई पटक-पटक फोन गरी हैरानी दिएको भन्ने छ। त्यसपछि श्रीमती आफैंले बोलाएर हत्या गरेको भन्ने कुरा खुलेको छ।' पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १६:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP