शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जनकपुरका मेयरको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला
जनकपुरका मेयरको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर ६, २०७८
tala
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन्। सरसफाइका लागि भन्न जाँदा कर्मचारीले वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुर्व्यवहार गरेको विरोधमा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्। वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायतले सोमबार तालाबन्दी गरेका हन्। तालाबन्दीपछि वडाध्यक्षहरूले मेयर साहविरूद्ध नाराबाजी गरेका थिए । भ्रष्टाचारी मेयर– मुर्दावाद, सफाइ कर्मचारी–मुर्दावाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारेज गरलगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका थिए । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहका अनुसार वडाध्यक्ष सिंहलाई सरसफाइ शाखाका कर्मचारीले गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए। ‘सञ्चयकोषको कार्यालय नजिक गाई मरेको थियो। उहाँले सफाइ कर्मचारीलाई फोन गर्दा गाली गर्नुभो। कार्यालयमा जाँदा दुर्व्यवहार र गालीगालौज भयो,’ उहाँले भन्नुभयो। दुर्व्यवहार गरेका दुई जना कर्मचारीलाई निलम्बन गर्न माग गर्दै तालाबन्दी गरेको वडाध्यक्ष साहले बताउनुभयो। आन्दोलनमा उत्रिएका वडाध्यक्ष तथा सदस्यहरूले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्। केही वडाध्यक्षहरूले सफाइको लागि पाँच महिनाअघि हस्ताक्षरसहित निवेदन दिएका थिए। त्यसयता उनीहरू सरसफाइको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन्। केही दिनअघि आन्दोलित वडाध्यक्षले नगर प्रमुख साहकै घरअगाडि ट्याक्टरमा फोहोर राखेर थुपारेका थिए। 'जनकपुरधाम नगर क्षेत्रमा महिनौंदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ। हामीले जति भने पनि दशैंमा सफा भएन, दीपावलीमा पनि मेयरसाबले चासो देखाउनुभएन। विवाहपञ्चमी नजिक आइसक्यो त्यही भएर हामी निरन्तर सरसफाइका लागि आन्दोलन गरिरहेका छौं,’ वडाध्यक्ष साहले भन्नुभयो। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १४:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP