शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १६, २०७८
काठमाडौँ । सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो।विक्रमलाई प्रहरीले काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो। गत कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो। त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटेर फरार भएका थिए।फरार भएको दुई दिनपछि खड्काको शव जुगुको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ।जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको र मुख खादाले बाँधेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महतोले बताउनुभयो। उनीहरूको निधारमा चोट पनि फेला परेको थियो। सोही घटनामा उनीहरूको पहिचान गरी ब्युरोले पक्राउ गरेको हो। उनीहरूबाट मृतक खड्काबाट लुटिएको फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १६:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP