शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मौसमको खराबीले हवाई सेवा प्रभावित, सबै उडान डिले
मौसमको खराबीले हवाई सेवा प्रभावित, सबै उडान डिले
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १३, २०७८
udan
काठमाडौँ । प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ। खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्। कतिपय विमानस्थलहरू ढिलागरि खुलेपछि उडान डिले भएका छन्। अझै कतिपय विमानस्थल खुलेका छैनन्। मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो। अहिले पनि विमानस्थल आइएसआर लागू भएकाले विमानहरू निर्धारित समयमा उडान भर्न पाइरहेका छैनन्। ‘अहिले विमानस्थलमा आइएसआर लागू भएकाले विमानहरू एकतर्फीमात्र ल्याण्डिङ भइरहेका छन्। बिहान एकछिन रनवे मर्मतका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। मौसमको कारणलेलै अहिले हरेक उडान २ घन्टाभन्दा ढिला भइरहेको छ’, यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले  भने।उडान रद्द भएको छैन। तर सबै उडान डिले छन्’, उनले भने,‘मौसमको कारणले समयमै उडान र अवतरण गराउन सकिएको छैन।’ यस्तै मौसममा आएको खराबीले बिहानदेखिनै बुद्ध एयरका सबै उडान प्रभावित भएका छन्। ‘अधिकांश विमानस्थल ढिला खुलेको र कुनै खुल्ने क्रममा रहेकाले उडान प्रभावित भएका छन्’, बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले सेतोपाटीसँग भने,‘विमानस्थलमा आइएसआर लागू भएको छ। रनवे वान वे मात्र खुलेको छ। कुनै कुनै विमानस्थल भर्खरमात्र खुलेका छन्। मौसमको खराबीले प्राय उडान डिले भएका छन्। तर रद्द भएका छैनन्।’ किन हुन् जहाज डिले ? हुस्सु र कुहिरोका कारण कुन विमानस्थल कतिखेर खुल्ने अनिश्चित हुनेहुँदा उडान क्रमशः ढिला हुँदै जानु स्वभाविक हो।राजधानी काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ। विभिन्न कारणहरुले उडान डिले हुँदा त्यसको प्रत्यक्ष मार भने विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्‍यायाउने जिम्मा लिएका वायुसेवा कम्पनीलाई पर्छ। गन्तव्य पुग्न समयमै विमानस्थल आइपुगे पनि तालिकाअनुसार जहाज नउड्दा यात्रुहरू घन्टौंसम्म कुर्नुपरेको गुनासो गर्न थालेका छन्। यसो हेर्दा यसमा वायुसेवा कम्पनीहरूको दोष जस्तो देखिए पनि उनीहरूको भने आफ्नै पीडा छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनी आफैं समेत तोकिएको समयमा उडान–अवतरण गर्न नपाएको दुःखेसो पोखिरहेका छन् । डिलेका प्रमुख कारण मौसम र भिजिविलिटीः प्रायःजसो जाडो मौसममा उडान निकै ढिला हुन्छन् । मंसिरदेखि फागुनको दोस्रो सातासम्म कुहिरो र हुस्सुले भिजिविलिटीमा निकै समस्या आउँछ । कतिबेला कुन विमानस्थल खुल्ने हो टुंगो नै हुँदैन । पछिल्ला वर्षहरुको तथ्यांक केलाउने हो भने तराईका अधिकांश विमानस्थलहरु जाडो याममा हुस्सु कुहिरोले निकै बाधा पुगेको देखिन्छ । बिहान केहीबेर मात्रै मानौं ५ मिनेट ढिला भयो भने त्यसपछिका सबै उडानहरुमा त्यत्तिकै डिले समय थपिदै जान्छ र त्यही अनुरुप क्रमशः अरु अरु उडानहरु पनि ढिला हुँदै जान्छन् । त्यसमाथि त्रिभुवन विमानस्थलमा आन्तरिक उडान–अवतरण सञ्चालन हुन अन्य सम्बद्ध गन्तव्यमात्र नभई वैकल्पिक विमानस्थलको मौसम पनि सफा र खुलेको हुनुपर्छ। त्यसो भएको खण्डमा मात्र काठमाडौंबाट जहाज उड्न सक्छन् भने अन्य गन्तव्यबाट पनि यहाँ जहाज आउन सक्छन्। उदाहरणको लागि काठमाडौंबाट विराटनगर उडानको लागि दुवै ठाउँको साथै अन्य वैकल्पिक एयरपोर्ट पनि खुलेको हुनुपर्छ । वैकल्पिक एयरपोर्ट भन्नाले नजिककै सिमरा, भरतपुर वा भैरहवा हुन् । अपुग भौतिक पूर्वाधार एकाबिहानै देखि राती अबेरसम्म जहाजको उडान अवतरण बढ्दो क्रममा रहेको छ । कोभिड महामारी सामान्य हुनु र यात्रुको चाप बढ्दै जानु नियमित प्रक्रिया भएको छ । यसले गर्दै देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा यात्रुको चापसँग उडान अवतरण संख्या दिनानुदिन बढ्दो क्रममा छ । यात्रु चाप बढ्नुसँगै भौतिक पूर्वाधार संरचना अद्यावधिक वा निर्माण नहुनुले विलम्वका विभिन्न कारणहरुमध्ये एक हो । त्रिभुवन विमानस्थलमा एउटामात्र धावनमार्ग भएका कारण समस्या झन् जटिल हुँदै आएको छ । एउटै धावनमार्गबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रिय उडानहरुले गर्दा जहाजहरु घण्टौं आकाशमै होल्ड बस्नुपर्ने हुन्छ । तोकिएको समयमै उडान–अवतरण हुन नसकी डिलेको समस्या वृद्धि हुँदै जान्छ । यसैगरि अझ कतिपय विमानस्थलहरुमा भिजुअल फ्लाइट रुल (भिएफआर) उडान हुने गरेको छ । विमान कम्पनीहरुले पहिला भीएफआर उडानलाई प्राथमिकतामा राखी आइएफआर उडानपछि राख्ने गरेका छन् । उडान संख्या बढ्दै जानु विमानस्थलको आम्दानीका लागि राम्रै भए पनि अपुग भौतिक पूर्वाधार र मौसम खराबीका कारण यसको सिधा असर यात्रु र वायुसेवा कम्पनीहरुमाथि परिरहेको हुन्छ। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १३:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP