शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ
जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १३, २०७८
ghunsa gau
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि ३५०० मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना हिउँले गाउँलाई नै छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । हिउँ पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारण निकै कष्टकर समय बिताउनुपर्ने भएकाले आफूहरूले प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको स्थानीय टासी तेन्जीङले बताउनुभयो । गत सातादेखि घुन्सा गाउँमा हिउँ पर्न थालेको छ । हिउँ र जाडो छल्न आइतबार पेमा शेर्पा घुन्सा गाउँ छाडेर दुई तीन महिनाका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङ हिँडेका छन् । दुई दिन पैदलयात्रा गरेपछि हाङद्रुङ भन्ने ठाउँमा पुगिन्छ । हाङद्रुङबाट गाडी चढेर करिब आठ घन्टामा सदरमुकाम फुङलिङ पुग्न सकिन्छ । पेमा शेर्पा मात्र होइन, घुन्साका २५ घरपरिवार नै फुङलिङ हुँदै अन्य ठाउँमा जाडो छल्न गएका छन् । सबैभन्दा धेरै घरपरिवार काठमाडौ जाने गरको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताउनुभयो । सात घरपरिवार जाडो छल्न काठमाडौँ पुगेका छन् । चार परिवार फुङलिङ बजारमा कोठा लिए बसेका छन् । एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा ३७ परिवार स्थायी रूपमा बासोबास गर्दै आएको स्थानीय पेमा शेर्पाले बताउनुभयो । अहिले १२ परिवार मात्र घुन्सा गाउँमा छ । हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजंघा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर छ । नागरिक खबरबाट
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १३:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP