शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १३, २०७८
chiso
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै मङ्गलवारदेखि नेपालका अधिकांश स्थानमा चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै उक्त प्रणाली नेपालमा प्रवेश गरेको हो। अहिले देशभरिका कतिपय उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेको मौसमविद्हरू बताउँछन्। कतिपय स्थानमा तापक्रम झरेर शून्यमुनि माइनसको मानमा पुगेको छ। जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ। 'यो क्रम आज (मङ्गलवार) र भोलि (बुधवार) यत्तिकै रहने देखिएको छ। यसले गर्दा उच्च हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहन्छ र उच्च पहाडी अनि पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्य सम्भावना रहेको छ,' महाशाखामा कार्यरत वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तराईका जिल्लामा फाट्टफुट्ट वर्षाको सम्भावना महाशाखाले देखाएको छ। यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 'हिउँदयाममा ७-८ वटा सिस्टम (प्रणाली) आउँछन् पश्चिम क्षेत्रबाट। तीमध्ये हाल चौथो सिस्टमले प्रभाव पारेको अवस्था छ। यो प्रक्रियालाई नियमित रूपमा लिनुपर्ने हुन्छ,' पौडेलले भन्नुभयो। बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ । गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ। मौसम बदली भएसँगै घटेको तापमानबीच काठमाण्डू आसपासका उच्च भूभागमा पनि हलुका हिमपात हुन सक्ने अनुमान गर्न सकिने बताइएको छ। मङ्गलवार र बुधवार 'चन्द्रागिरि र नगरकोटलगायत काठमाडौँ उपत्यका आसपासका डाँडाहरूमा हल्का हिमपातको सम्भावना' रहेको पौडेलले जानकारी दिनुभयो। देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको अवस्थामा देशभरि चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ। बीबीसीबाट
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP