शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव
दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ३, २०७८
273468630_975557666500259_1330166637994835268_n
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग बिशेषज्ञ भगवान कोइराला संग जाँच गराउनुभएको थियो । डा. कोइरालाको परामर्श अनुसार औसधि सेवन गर्दै आउनु भएका उहाँलाई हाल आएर मुटुको समस्या झन बढेपछि डा. कोइरालाकै सल्लाह अनुसार अप्रेसन गनुपर्ने भएको हो । ३ वटा भल्बमा समस्या देखिएको जसमध्य २ वटा भल्बको अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो । उहाँको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ । डा. कोइरालाको सल्लाह अनुसार साँघुरोलाई खुल्ला बनाउन र प्वाल परेकोलाई टाल्नका लागि तत्काल अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो । डा.कोइरालाको टिमले गत माघ २१ गते नै वेड भर्नाका लागि टिचिङ अस्पताल काठमाडौँ बोलाएको तर आर्थिक अभावका कारण आफु जान नसकेको किसानले बताउनुभयो । आधी जिन्दगी दलित आन्दोलनमै बिताएका किसानको पारिवारिक आर्थिक अबस्था निकै कमजोर रहेको छ । अप्रेसनका लागि तत्काल २ लाख ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने अस्पतालले भनेको छ, किसानले भन्नुभयो “पैसा जुटाउन नसकेर भर्ना हुन बोलाएको मितिमा जान सकिन” । किसानको उपचारका लागि करिव ८ लाख रुपैयाँ खर्च लाग्न सक्ने अस्पतालले जनाएको छ । किसानको उपचारमा आर्थिक अभाव भएपछि पुस्कर बिश्वकर्माको संयोजकत्वमा ‘याम किसान उपचार सहयोग संकलन समिति’ गठन गरि अभियान संचालन गरिएको छ । समितिको सहसंयोजकमा लालु किसान र सदस्य सचिवमा अमित बिश्वकर्मा रहनुभएको छ । समितिले आर्थिक संकलन अभियानलाई देश तथा बिदेशमा रहेका विभिन्न म्याग्देलीहरु समक्ष पुराउने र आर्थिक सहयोगको अपिल गर्ने कार्यलाई अगाडि बढाएको छ । आर्थिक संकलनका लागि याम किसान सहयोग संकलन समितिको नाममा ज्योति बिकास वैंक वेनी शाखामा खाता संचालन गरेको संयोजक बिश्वकर्माले बताउनुभयो । किसानको उपचारका लागि जिवन ज्योति सेवा केन्द्र म्याग्दीबाट ३० हजार रुपैयाँ र बेनी नगरपालिकाबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तै म्याग्दी निस्कोट घर भई हाल पोर्चुगलमा रहनुभएका राजविर पर्टेलले १० हजार रुपैयाँ र समितिका संयोजक बिश्वकर्माले ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । किसानको उपचार सहयोग संकलन अभियानमा जोडिन समितिले सवैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०७:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP