शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस
चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ९, २०७८
ashok
काठमाडौँ ।‘जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिनुभएको थियो । अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । २०७८ पुस १३ मा गठन भएको समितिले प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गरेको छ । छानविन समितिले प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताउनुभयो । एसएसपी केसीले भन्नुभयो–‘छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएको छ ।’ असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले उजुरी गर्नुभएको थियो । असोज २५ मा काठमाडौं प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौंको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिएपनि एसएसपी अशोक सिंहले करिब ३ महिना आफुसँगै राखेर सो चेक भेटवाललाई फिर्ता दिनुभएको थियो । छानविन समितिमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए । बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गासम्बन्धी कार्यालयबाट प्रहरीले सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । फुटेजमा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताउनुभयो । प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । जुवा खेलेको र खेलाएको फुटेज भएपनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्विकार गरेर लामो समय चेक आफैंसँग राख्नुभएको थियो । पुस २ मा काठमाडौं परिसरमा एसएसपी सुदिप गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर चेक फिर्ता गर्नुभएको हो । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP