शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ
एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २०, २०७८
pic
काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । चैत १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको थियो । सो सूचनापछि महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरेको थियो । त्यसअनुसार प्रहरीले शुक्रबार काठमाडौंको सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्षीय राम आशिष यादव, भारत विहारका २४ वर्षीय इस्तियाख अहमद र महोत्तरीका २२ वर्षीय सन्नीकुमार साह छन् । प्रहरी उपरीक्षक कोइरालाका अनुसार पण्डित, चौधरी ललितपुरको किष्ट अस्पतालमा एमबिबिएस पहिलो वर्षमा र यादव तेस्रो वर्षमा पढ्दै थिए। सन्नीकुमार साह भने सक्कली परीक्षार्थी नै हुन्। तर उनले इस्तियाख अहमदलाई परीक्षा दिन पठाएको खुलेको हो। पण्डित, चौधरी र यादवलाई क्रमशस् धनुषा जनकपुरका २१ वर्षीय वृकेश यादव, २२ वर्षीय आजिवकुमार यादव र रुपन्देहीका राम आशिष यादवले परीक्षा दिन पठाएका थिए। उनीहरू हाल फरार रहेको र खोजी भइरहेको महाशाखाले जनाएको छ। पक्राउ परेका विद्यार्थीहरू छात्रवृत्तिमा एमबिबिएस पढिरहेका थिए। तर आर्थिक अवस्था कमजोर हुँदा पैसा लिएर परीक्षा दिने काम गर्ने गरेको कोइरालाले बतोनुभउयो। ‘आर्थिक अवस्था कमजोर भएपछि उनीहरू नक्कली परीक्षार्थी बनेका रहेछन्,’ उहाँले भन्नुभयो । उनीहरूले परीक्षामा नाम निकालेबापत २ देखि १८ लाखसम्मको मूल्य तोकेका थिए। यस्तै, एड्भान्स रकम ५० देखि २ लाख रुपैयाँ तोकेका थिए। ‘सुरूमा एड्भान्स पैसा लियो। पछि रिजल्ट अनुसारको मूल्य रहेछ। छात्रवृत्तिमै नाम निस्कियो भने धेरै पैसा लिने गर्ने रहेछन्,’ उहाँले भ्नुभयो, ‘पासमात्रै भयो भने त्यसअनुसारकै पैसा दिने भयो।’ यसरी नक्कली परीक्षा दिनको लागि प्रवेश पत्रमै नक्कली फोटो टाँस्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले नागरिकतामा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर आएको पाइएको कोइरालाले बताउनुभयो । त्यस्तै, उनीहरूले सकेसम्म नक्कली परीक्षार्थी खोज्दा मिल्दोजुल्दो अनुहार भएको व्यक्तिलाई खोजेको पाइएको छ।प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाउने तयारी गरेको छ। सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP