शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ४, २०७९
aghfdgh
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गोरखाका लखन गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका-९ घर भई ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भई भक्तपुर दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङ कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षीय विके सिं भन्ने भरतकुमार राई छन्।वैशाख ३० गते बिहान २ बजे बानेश्वरको सडकमा अज्ञात व्यक्तिहरूले एलपिजी ग्यास सिलिन्डरमा आगो लगाएर बिस्फोट गराउन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली पुग्नु केही मिनेट अघि मात्रै बिस्फोट भएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो। ‘टोली पुग्नु केही मिनेट अघि मात्रै विस्फोट भयो,’ उहाँले भन्नुभयो, ‘प्रहरीको ठूलो क्षति हुनसक्थ्यो। जोगियो।’घटनामा संलग्न व्यक्तिहरू फरार थिए। बिस्फोटपछि बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साइन ग्लोबल एडुकेसनल कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो। प्रहरीले यस घटनापछि ‘अपरेन इको सेइर्रा’ सञ्चालन गरेको थियो। प्रहरीले विभिन्न प्रविधिको प्रयोग गरी सुक्ष्म अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीले तीन जनालाई ३१ गतेनै समातेको थियो। भरतकुमार राईलाई भने मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो। उनी यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। यसअघि हाहतियार, बैंकिङ कसूर र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो।उनीहरूले फेसबुकमा पनि कम्युनिष्ट पार्टी अफ नेपाल सिवादीको आइडि समेत खोलेका छन्। ‘उनीहरूले जनतामा डर, त्रास फैलाउने काम गर्ने गरेको पाइयो। स्थानीय चुनाव पनि बिथोल्ने र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको देखियो,’ मैनालीले भन्नुभयो । विस्फोट गराएको स्थानबाट नेपाल कम्युनिष्ट पार्टी सिवादी लेखिएको पर्चा, पम्प्लेट फेला परेको थियो। उनीहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी दफा १४१ को कसूरमा थप अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP