शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग
समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २३, २०७९
mausam bibhag
काठमाडौँ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपले लिन नमिल्ने बताउनुभयो । उहाँले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यसवर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताउनुभयो । उहाँले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताउनुभयो । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो । उहाँले भन्नुभयो, ‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ नै । त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन । तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ । त्यसैले अलि सतर्क रहनुपर्ने देखिन्छ । ुबाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो सतर्कता अपनाउनु पर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ ।’ विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताउनुभयो । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । गतवर्ष पनि सरदरभन्दा बढी वर्षा भएको थियो । जसका कारण पनि आम मानिसहरु त्रस्त छन् । तर विभागले भने सतर्कता अपनाउन र त्रसित नहुन आग्रह गर्दै आएको छ । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १३:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP