शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप
विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
ghaite
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ ।विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षिकका कार्कीले बताइन् । व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् । व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाइ छ । विद्यालयमा २७ लाख रुपैयाँ बराबरको भवन, १७ लाख रुपैयाँ बराबरको शौचालय बनिरहेको र मसलन्द खर्च, पालिकाले दिने खर्च पनि पारदर्शी नभएकोले पारदर्शी बनाउन माग गर्दा कुटिएको गोमा बताउँछिन् । उनी भन्छिन् ‘म हिसाब माग्नुपर्ने ठाउँमा भएर नै माग गरेको हो । अहिलेसम्म विद्यालयको आयव्यय देखाइएको छैन । कता कता के खर्च भयो भन्दा तँलाई हर हिसाब देखाउँदिन भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो ।’ सामान्य ठेलाठेल मात्रै भएको हो : पौडेल विद्यालयकी प्रधानाध्यापक पौडेलले भने आफूले कुटपिट नगरेको बताइन् । विद्यालयको आय व्ययबारे शिक्षक कार्कीले चासो राखेपछि बोलाइएकोे बैठकमा सामान्य ठेलाठेल भएको पौडेलले स्वीकार गरिन् ।‘बैठककै क्रममा माइन्यूट मसँग थियो । त्यो तान्न आउँदा ठेलाठेल भएको हो । माइन्यूट पनि च्यातिएको छ’, पौडेलले भनिन्, ‘उहाँ उपचारबाट फर्केपछि सबै स्पष्ट हुन्छ ।’ सँगै काम गरेको करिब १५ वर्ष भएकोले मिलेर नै काम गरेको तर १० दिन यतादेखि भने शिक्षक गोमाले चिर्कटोमा टिपेर ल्याउने र हिसाब माग्ने गर्न थालेपछि बैठक राखिएको प्रधानाध्यापकको भनाइ छ । उनले भनिन् ‘पछिल्लो समय म प्रधानाध्यापक भएपछिको हिसाकिताब देखाउनुपर्छ भन्न थालेकाले उहाँकै कारण बैठक राखिएको थियो ।’ यो विद्यालयमा पहिला कार्की नै प्रधानाध्यापक थिइन् । उनले नभ्याउने भएपछि आफूलाई जिम्मेवारी दिइएको पौडेलले बताइन् ।कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा प्रधानाध्यापक पौडेल र शिक्षक कार्की दुबै जना राहत तर्फका शिक्षिका हुन् । उनीहरु दुई जना र बालविकासमा एक जना गरी तीन जना शिक्षक र एक कर्मचारी छन् । यो विद्यालयमा ३१ जना बालबालिका अध्ययनरत छन् । अनलाइनखबरबाट  
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १५:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP