शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ
कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ६, २०७९
काठमाडौँ । कल सेन्टरको आवरणमा प्रविधिको दुरुपयोग गरी ठगीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर–४ धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक संस्थाका सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, भारत महाराष्ट्र घर भई सामाखुसी बस्ने ३२ वर्षीय निसार खैरे, भारत उत्तरप्रदेश घर भई सामाखुसी बस्ने २४ वर्षीय मनीष तिवारी छन् । प्रहरीले संस्थामा कार्यरत काठमाडौं–२९ रानीबारीका २२ वर्षीय आमिन खड्का, २३ वर्षीय आरस तुलाधर, लमजुङ नाल्माका २२ वर्षीय करण गुरुङ, काभ्रे बनेपा घर भई मध्यपुर थिमि राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी घर भई कालोपुल बस्ने २० वर्षीया आरुषी राई, नुवाकोट किस्पाङ घर भई बानियाँटार बस्ने २१ वर्षीया युबिना तामाङ, दोलखा भीमेश्वर घर भई डल्लु बिजेश्वरी बस्ने २६ वर्षीया सपना मग्राती, सुर्खेत वीरेन्द्रनगर घर भई मध्यपुर थिमि लोकन्थली बस्ने १९ वर्षीया टीका राउत, झापा भद्रपुर घर भई सिफल बस्ने २४ वर्षीया सुनीता राउत र नुवाकोट तादी घर भई रानीबारी बस्ने १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरेको हो । विजय श्रेष्ठले अर्बिट नेक्सस प्रालि नामक संस्थामा कल सेन्टर सञ्चालन गर्न कर्मचारी राखेर अमेरिकामा बस्नेलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोप छ । माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खातालगायतका निजी सूचना माग गरी रकम ठगी गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताउनुभयो । उनीहरूबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिनुभयो । नेपालभित्र र बाहिर कति पीडित छन् भन्ने विषयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । कल सेन्टर सञ्चालकले थोरै ज्यालामा रातभर कर्मचारी खटाएको पाइएको छ । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । ekantipurबाट
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP