शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै
राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा पुग्दा भएको विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थलतर्फ जाँदै छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले भोलि तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने जनाइएको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर उनकी पत्नी तथा छोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ । छानबिन टोलीका संयोजक शर्माले एक चरण राज्यमन्त्री विमलासँग बुझ्ने काम भएको र घटनामा अर्को पक्ष अर्थात् बस्नेत परिवारसँग बुझ्न भोलि दाङ जाने तयारी गरेको बताउनुभयो । सरकारी छानबिन टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी हुनुहुन्छ । छानबिनका लागि कार्यदललाई १५ दिनको समय दिइएको छ । मन्त्री शर्माले राज्यमन्त्री विमलासँग घटनाबारे बुझिसकेको र बस्नेत पक्षका कुरा बुझेपछि घटनाका केही थप विषय बुझेर प्रतिवेदन लेखनतिर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले तोकिएको मितिमै प्रतिवेदन बुझाउने गरी काम गरेका छौं ।’रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP